पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जीतेको छ ।

शुक्रबार राति लियोनलाई सडन डेथमा पीएसजीले ६-५ ले हराउँदै लिग कपको उपाधि जीतेको हो ।

सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि खेल सडन डेथमा परिणत भएको थियो । सडन डेथमा पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए भने पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए ।

यसअघि गत शुक्रबार पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जीतेको थियो ।