अमेरिकामा कोरोनाले एकैदिन १४ सय ६५ को मृत्यु, ६८ हजार बढी संक्रमित

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १४ सय ६५ जनाको मृत्यु भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा अमेरिकामा थप ६८ हजार ५६९ जना संक्रमित भएका छन् ।

७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८५ पुगेको छ । कुल संक्रमित संख्या ४६ लाख ३४ हजार ९८५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख ८४ हजार ९६५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २१ लाख ९४ हजार ७३५ जनामध्ये १८ हजार ७८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।