उपत्यका प्रवेश नाकाबाट लिइएको स्वाबमध्ये २४ जनामा कोरोना

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार साँगा, नागढुंगा, फर्पिङ नाकाबाट ती स्वब संकलन गरिएका हुन्।

विभिन्न नाका भएर उपत्यका प्रवेश गर्ने क्रम बढेपछि मन्त्रालयले ती नाकाहरुमा कडाइसाथ स्वाब संकलन गरिरहेको छ।  केही दिनयता संकलन गरिएको ३ हजार ४ सय ७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।