फेरी बढ्यो सुनको मूल्य

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : बिहिबार सुनको मूल्य फेरी बढेको छ । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर ९९ हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार यो अहिलेसम्मकै उच्च हो ।

बुधबार सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार २० रुपैयाँले घटेको चाँदीको मूल्य आज स्थिर रहेर १ हजार २ सय २५ रुपैँयामा कारोबार भैरहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको कारण त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।