आज विहिबार कुन भगवानको पुजा गर्ने ? यस्तो छ भगवान शिव र विष्णुको रोचक कथा…

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी: हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन् । भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो । भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन् । हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन् । तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका २४ वटा अवतार मानिन्छन् ।

ति मध्य दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाइन्छ । विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन आज विहिबार हो । पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नु पर्दछ । व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ । अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन् ।

विष्णुको नृसिंह अवतार र क्रोध

यसै सन्दर्भमा हिन्दु धर्मका ग्रन्थहरूमा एउटा रोचक कथाप्रसङ्ग उल्लेख गरिएको छ, जसमा विष्णुले झण्डै संसारलाई ध्वस्त बनाइदिएका थिए ।

विष्णुभक्त प्रह्लादका पीता राजा ‘हिरण्यकश्यपू’ अति दुष्ट थिए । उनले धर्मको नियमलाई उल्लङ्घन गरेर संसारलाई आफ्नो वशमा पार्न खोजेका थिए । प्रह्लादले आफ्नै पीतालाई अधर्मको बाटो नहिँड्नुहोस् नत्र विनाशले लखेट्नेछ भन्दा हिरण्यकश्यपूले उल्टो सबै देवहरूको अपमान गरी आफ्नो मर्यादा भन्दा बाहिर पाइला टेक्ने प्रयन्त गर्न थाले ।

उनको यस्तो अधर्मी व्यवहार देखेर स्वयं विष्णु भगवान नै नृसिंह अवतार लिएर राजा हिरण्यकश्यपूको दरबारमा उत्पन्न भए र उसको वध गरे । नृसिंह अवतार विष्णु भगवानको चौथो अवतार हो, जसको टाउको सिंहको र शरीर भीषण मानिसको थियो ।

तर हिरण्यकश्यपूको वध गरेर पनि नृसिंहको क्रोध शान्त हुन सकेन । अथाह शक्तिलाई नियन्त्रण गर्न नसकी विष्णु भगवान आफ्नै अवतारमा विलीन हुन गए र यो संसारलाई नै आफ्नो क्रोधको सिकार बनाउन खोजे । विष्णु भक्त प्रह्लादको प्रार्थना र भक्तिले पनि नृसिंह अवतारलाई शान्त बनाउन सकेन । तब तीनै लोक विष्णु भगवानको यस्तो क्रोध देखि भयभीत भएर भगवान शिवको प्रार्थना गर्न लागे ।
शिव भगवानले सुरुमा आफ्ना प्रमुख सेना ‘भैरव’ र ‘वीरभद्र’लाई पठाए। तर नृसिंह एकदमै शक्तिशाली थियो, उसको शक्तिको अगाडि कसैको तागत चल्थेन। वीरभद्रलाई नृसिंहले मार्नै लाग्दा भगवान शिवले आफ्नो परमशक्तिको अवतार लिएर त्यहाँ प्रकट भए, जसलाई ‘सर्वेश्वर अवतार’ भनिन्छ।

भगवान शिवको यो ‘सर्वेश्वर अवतार’ अझसम्मकै सबैभन्दा शक्तिशाली अवतार मानिन्छ, जसको अगाडि स्वयं महाकाली अवतारको पनि डिग चल्थेन । फरक यत्ति हो कि, महाकाली अवतारलाई शिवले नियन्त्रण गर्न सक्थेनन् ।

पुराणहरूमा उल्लेख गरिएअनुसार, शिवको सर्वेश्वर अवतारका सहस्त्र भुजा (१००० हात) थिए, सिंहको टाउको थियो र सहस्त्र कोष लामो जटा (कपाल) थियो । अष्टपद (८ वटा खुट्टा) र अष्टपङ्ख (८ पँखेटा) धारण गरेको शिवजीको एक पाइलामा पृथ्वीको आधा भाग ध्वस्त हुने शक्ति थियो ।

भगवान विष्णुको नृसिंह अवतार र शिवको सर्वेश्वर अवतारको अब घमासान युद्ध चल्न थाल्यो, तीनै लोक कम्पायन हुन थाल्यो । यी दुवै परमशक्तिको टक्करको कम्प दुई ब्रह्माण्ड ठोक्किएको कम्प भन्दा चर्को हुन थाल्यो । अन्त्यमा सर्वेश्वर अवतारले आफ्नो अष्टपद र सहस्त्र भुजाले नृसिंहलाई समातेर पँखेटाको सहारा लिई तीनैलोकबाट पर अर्कै ब्रह्माण्डमा लगेर पछारिदिए, जसको कारण नृसिंह अवतार बेहोस् भए । यहि मौका छोपी सर्वेश्वरले नृसिंहको टाउको काटेर विष्णुलाई त्यहाँबाट बाहिर निकालेर वैकुण्ठमा पठाइदिए ।