इटालियन सिरि ए : उपाधि विजेता युभेन्टस काग्लिएरीसँग पराजित

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी: इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लिएरीसँग २–० ले पराजित भएको

बुधबार राति काग्लिएरीको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–० गोल अन्तरले पराजित भएको हो । काग्लिएरीको जीतमा लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गरे ।

खेलको ८औँ मिनेटमा लुका गाग्लिएनोको गोलबाट अग्रता बनाएको काग्लिएरीका लागि दोस्रो गोल पहिलो हाफको इन्ज्युरी समयमा जियोभानीले गरे ।

त्यसपछि कुनै गोल भएन र खेल काग्लिएरीले २-० ले जीत्यो ।