कंगनाले लगाइन् महेश भट्टमाथि यस्तो गम्भिर आरोप

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतले पासो लगाएर आफ्नो ज्यान फालेको साढे १ महिना पुगिसकेको छ। उनको निधनपछि उनका बिषयमा अहिले बलिउडमा बिभिन्न कुराहरु आइहेका छन् ।

बलिउडमा पारिवारबादको पनि चर्चा चलिरहेको छ । अभिनेत्री कंगना रनावतले पनि सुशान्तको मृत्युप्रकरणबारे लगातार आफ्नो धारणा व्यक्त गर्दै आएकी छिन् । उनले नेपोटिजम तथा फिल्मी माफियाको विषयलाई उठान गर्दै आएकी छिन्। उनका यस्तो वक्तव्यलाई सामाजिक संजालमा आलोचना गर्ने गर्ने मात्र होइन समर्थन पनि गरिएको छ ।

यसैबीच उनले बलिउड निर्माता महेश भट्टमाथी पनि आरोप लगाएकी छिन् । भारतिय मिडियाका अनुसार उनले महेशले कलाकार तर्फ जुत्ता फालेको र हात उठाएको भन्दै आरोप लगाएकी छिन् । कंगनाले महेश भट्टमाथी लगाएको आरोपको भने लेखक शगुफ्ता रफिकले खण्डन गरेका छन् ।

शगुफ्ता रफीकले कंगनाको २ वटा फिल्म लेखेका छन् भने उनी निर्माता महेशसँग पनि जोडिदै आएका छन् । रफीकले कंगनाले बोलेको कुरा सत्य नभएको बताउदै यस्तो कार्य भएको भए अर्को फिल्ममा किन काम गरेको भन्दै प्रश्न गरेका छन् ।
फिल्मको शुटिङमा कंगना ढिलो पुगेपछि महेश रिसाएर कराएका थिए । उक्त फिल्मको शुटिङलाई दिएर मुद्दा चलेको र कंगनाले एक फिल्म छोडेको पनि बताए ।