राष्ट्र बैंकको निर्देशन- ‘वाणिज्य बैंकले ०.७५ प्रतिशतभन्दा बढी सेवाशुल्क नलिनू’

काठमाडौँ : नेपाल राष्ट्र बैँकले सोमबार बैँक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै वाणिज्य बैँकले ०.७५ प्रतिशत भन्दा बढी सेवाशुल्क लिन नपाउने जनाएको छ । ऋण लिँदा बढीमा ०.७५ प्रतिशत मात्र सेवाशुल्क तिरे हुने भएको छ ।
यसअघि वाणिज्य बैँकले १ प्रतिशतभन्दा बढी सेवाशुल्क लिदैँ आएको थियो । अब वाणिज्य बैँकले ०.७५ प्रतिशत, विकास बैँकले १ प्रतिशत, फाइनान्स कम्पनीले १.२५ प्रतिशत र लघुवित्तले ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क नलिन राष्ट्र बैँकले निर्देशन दिएको हो ।