रनवीरले अन्तर्वातामा आफ्नै पोल खोले, यस्ताेसम्म गर्दथे बदमाशी

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी: बलिउड अभिनेता रनवीर कपूरलाई झट्ट हेर्दा सिम्पल, साधारण र गम्भिर देखिन्छ । तर स्कुलका दिनमा उनले गरेको चकचक र रमाइलोको प्रसंगले भने सबैलाई चकित तुल्याउँछ ।

रणवीर कपूरले बचपनको एक प्रसंग सुनाउदै एक अन्तर्वार्तामा उनले स्कुलका दिनमा गरेको बदमाशीलाई सार्वजनिक गरेका छन् ।

रणवीरले अन्तर्वातामा आफ्नै पोल खोल्दै भनेका छन्, स्कूलका दिनमा उनका सबै शिक्षिकाहरु सारी लगाएर आउने गर्दथे । तर तिनै मध्ये कि एक शिक्षिका भने स्कर्ट लगाउने गर्दथिइन् । र रणवीर ती शिक्षिकाको खुट्टा हेर्न आफ्नो सीटमुनि छिर्ने गर्दथे ।

रणवीरका अनुसार उनको यो बदमाशि केवल ८ वर्षको उमेरमा भएको थियो । उनको यस हर्कतका बिषयमा आमा नितु कपूरलाई स्कुल बोलाएर सचेत गराइएको थियो । जब नितुलाई छोराको व्यवहार बारे शिक्षकले बताए त्यसबेला रणबीर लाजले शिर निहुराएर चुपचाप उभिएका थिए ।