इटालीमा गुलाबी हिउँ पर्‍यो, वैज्ञानिक नै चकित

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : हिउं कस्तो हुन्छ ? सेतो । जो कसैलाई पनि थाहा भएको कुरा हो, हिउं सेतै हुन्छ । तर, ईटालीको हिमाली क्षेत्रमा हालै गुलावी रङको हिउं परेपछि वैज्ञानिक र अनुसन्धानकर्ताहरु विच नयां खालको वहस शुरु भएको छ ।

धेरै वैज्ञानिकहरु गुलाबी हिउं देखिनुलाई जलवायु परिवर्तनको गंभिर परिणामको रुपमा लिइरहेका छन् भने भने कतिपय चांही यो आत्तिइहाल्नु पर्ने विषय नभएको बताइरहेका छन् ।

इटालीको अल्पाईन हिमाली क्षेत्र र त्यो क्षेत्र भएर बग्ने प्रेसेना हिमनदी गुलाबी रङले ढाकिएको पाएपछि अहिले बैज्ञानिकहरुले अनुसन्धान गर्न थालेका हुन् । समाचार संस्था ए एफ पीका अनुसार जलवायु परिवर्तनको प्रभावले गर्दा हिम क्षेत्रको लेउको रङ बदलिएर गुलाबी रङको हिउँ बनेको हुन सक्ने बैज्ञानिकहरुले प्रारम्भिक अनुमान गरेका छन् । तर, यस बारेमा अनुसन्धान भैरहेकोले यस बारेमा अहिले नै यकिनरुपमा भन्न सकिने अवस्था छैन ।

केही वैज्ञानिकहरुले लेउको रङ बदलिएर यस्तो भएको हुनसक्ने विश्वास गरेका छन् । तर, अर्काेथरि वैज्ञानिकहरुले भने अहिले नै कुनै पनि कुरा ठोकुवा गर्न नसकिने बताउंदै वृहत अध्ययनपछि मात्रै यसको वास्तविकता पत्ता लाग्ने बताएका छन् । केहि समय अघि ग्रिनल्याण्डमा यस्तै गुलावी रङको वनस्पती फेला परेको थियो । र यो लेउपनि त्यहि खालको वनस्पती हुनसक्ने ईटालीको नेसनल रिसर्च सेन्टरका बियागो डि मउरोको भनाई छ ।