मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न गृहको निर्देशन

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : सरकारले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो । मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार मास्क नलगाई घरबाहिर निस्कनेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने छ ।

लकडाउनमा कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन जारी गरिएको उनले बताए । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन सरकारले जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने बताएको थियो ।