संकटको बेला धनीहरुबाट सिक्नुपर्ने सात वटा कुराहरु

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : अहिले कोरोना भाइरसको कारण आम मानिसहरुको जनजिवन प्रभावित भएको छ । धेरैलाई त जिविकोपार्जनको समस्या समेत सृजना भएको छ । यस्तो बेला खर्च कटौती वा मितव्यवी व्यवहार अपनाएर कसरी समस्याबाट पार सकिन्छ ? भन्ने बारेमा अधिकांश मानिसहरुले चिन्तनमनन गरिरहेको अवस्था छ । त्यस्तो बेला विश्वका धनीहरुका मितव्ययी जीवन शैलीबाट धेरै कुरा सिक्न सकिन्छ ।

अर्बाैं डलर कमाएर पनि विश्वमा रहेका अधिकांश धनाढ्यहरू खर्च गर्ने मामिलामा निकै चनाखो रहने गरेका छन् । त्यस्ता धनाढ्यहरूको खर्च गर्ने शैली कस्तो हुन्छ भन्ने बारेमा सिएनविसीडटकम नामक इण्टरनेट पत्रिकाले केही अघि वूंदागतरुपमा निकै रोचक सामाग्रि प्रकाशन गरेको थियो । सो पत्रिका अनुसार विश्वका अधिकांश धनीका साझा स्वभावहरु यस्ता हुन्छन् :-

१. आफ्नो हैसियतभन्दा तल्लो स्तरमा बांच्ने
अधिकांश धनाढ्यहरु निकै किफायती हुन्छन् । उनीहरू साधारण घरमा बस्छन्, साधारण गाडी चढ्छन् र हवाई यात्रा गर्दा पनि बिजनेश क्लासमा नभई इकोनोमी क्लासमा यात्रा गर्छन् । विश्वका सबैभन्दा धनीहरू मध्येका एक वारेन बफेट र कार्लोस स्लिम दुवै दशकौंदेखि एउटै घरमा बसिरहेका छन् । धनीहरुले घर किन्दा आफ्नो कमाइको ४० प्रतिशतभन्दा बढी खर्च कहिलयै गर्दैनन् । त्यस्तै आम्दानीको ५ प्रतिशतभन्दा बढी पर्नेगरी गाडी कर्जामा पनि खर्च गर्नु हुंदैन । छिमेकीको बराबरी गर्ने होडमा खर्च बढाउन हुंदैन ।

हामीले सिक्नुपर्ने पाठः यसको अर्थ के हो भने मासिक किस्ता तिर्न सक्ने सामथ्र्य छैन भने ऋण लिएर घर वा गाडी खरीद गर्नु हुंदैन ।

२. लुगा, जुत्ता र खानेकुरामा कम खर्च गर्नै
धनाढ्यहरू लुगा, जुत्ता र मोवाइल, ल्यापटप, कम्युटरमा निकै कम खर्च गर्छन् । लुगा तथा कपडा खरीदमा कमाइको बढीमा ५ प्रतिशत तथा छुट्टी मनाउन वा मनोरंजनमा ५ प्रतिशत र खानेकुरामा र १५ प्रतिशतभन्दा बढी खर्च गर्दैनन् । हाल आफू धनी भइरहेको जस्तो देखाउने वस्तु खरीद गर्नबाट उनीहरू टाढै बस्छन् । यसैकारण इन्फोसिसका संस्थापक नारायण मूर्ति र बलिउड सुपरस्टार रजनीकान्त दैनिक जीवनमा धोती–कुर्ता नै लगाउंछन् ।

हामीले सिक्नुपर्ने पाठः लुगामा र मूल्य क्षय हुंदै जाने कार, कम्युटर, मोवाइलजस्ता वस्तुमा खर्च गर्नुभन्दा भन्दा पनि आफ्नो सम्पत्ति बढाउँदै लैजाने खालको कुरामा लगानी गर्नु उपयुक्त हुन्छ ।

३. पहिला बचत र लगानी अनि मात्र खर्च
विश्व शेयर बजारका वदशाह मानिने वारेन वफेटले भनेका छन्, ‘आफूलाई आवश्यक नभएको वस्तु खरीद गर्यौ भने छिट्टै नै आफूलाई आवश्यक भइरहेको वस्तु विक्री गर्नुपर्ने अवस्था आउंछ ।’ अधिकांश धनाढ्यले आफ्नो आम्दानीको कम्तीमा पनि २० प्रतिशत बचत र लगानी गर्छन् अनि बाँकी रहेको रकम मात्र खर्च गर्छन् । आफ्नो कमाइ थोरै छ भने पनि बचत गर्ने बानी भयो भने त्यसले भविष्यलाई सुरक्षित बनाउन सहयोग गर्छ र सेवानिवृत्त हुने बेलामा दुःख गर्नुपर्ने अवस्थाबाट बचाउंछ । पहिले बचत गर्नुपर्छ र केही रकम अनपेक्षित आपतविपतका लागि पनि छुट्ट्याउनु पर्छ ।

हामीले सिक्नुपर्ने पाठः लगानी र बचतलाई एउटा बानीकारूपमा विकसित गर्नुपर्छ ।

४. नगद थोरै मात्र साथमा राख्ने
अधिकांश धनी व्यक्तिहरूले त्यति मात्र नगद बोक्छन् जति आफूलाई चाहिएको वस्तु खरीद गर्न पुगोस् । नगद साथमा हुंदा खर्च हुने संभावना बढि भएकोले आफूलाई आवश्यक पर्ने वाहेक अरु रकम उनीहरु वैंकमा जम्मा गरिहाल्छन् ।

हामीले सिक्नुपर्ने पाठः वैंकमा जाने झन्झटले नेपालीहरुले नगद साथमा राख्ने गर्छन् । त्यो राम्रो बानी होइन । नगद साथमा हुंदा साथीभाईहरुको जमघट गर्ने संभावना रहन्छ । अरु कतिपय अनावश्यक कुराहरु पनि ‘किनिहालौं न त’ भन्ने लाग्न सक्छ । त्यसैले सकेसम्म नगद थोरै

५. धनीहरू सधैं छूट, कुपन र लागत घटाउने उपाय खोज्छन्
यो पनि खर्च घटाउने राम्रो बानीमध्येको एक हो । धेरैजसो धनी व्यक्तिहरू छूट, सेल, कुपन र पुरस्कार जस्ता अवसरको खोजीमा रहेका हुन्छन्, जसबाट उनीहरूले आफ्नो लागत र खर्च घटाउन सकून् । थोरै मात्र छूटले पनि ठूलो रकमको बचत हुन सक्छ । त्यस्ता व्यक्तिहरूले आफ्ना कर्मचारीले कार्यालयमा बत्ती बन्द गरेरनगरेको समेत निगरानी गर्छन् । किनकि उनीहरूलाई लागत कसरी घटाउने भन्ने कुराको राम्रो जानकारी हुन्छ ।

हामीले सिक्नु पर्ने : कुनै पनि बिल तिर्न र टिकट बुकिङ गर्नका लागि पेटीएम् जस्ता मोबाइल एप्सको प्रयोग गर्न सकिन्छ । यस्ता एप्सको प्रयोग गर्दा नगद फिर्ता वा छूटको व्यवस्था हुन्छ । त्यस्तै कुनै यात्रा गर्दा पनि त्यसको शुल्कमा छूट दिने साइटहरूसग सम्पर्क गर्न सकिन्छ ।

६. मूल्यभन्दा गुणस्तरलाई बढी महत्व
अधिकांश धनाढ्यहरूले कुनै वस्तु सस्तो हुंदैमा खरीद गरिहाल्दैनन् । उनीहरूको बुझाइमा राम्रो गुणस्तरको वस्तु धेरै लामो समयसम्म टिक्छ । घरमा प्रयोग हुने कुनै सस्तो सामान खरीद गरियो भने त्यसको मर्मत सम्भारमा धेरै पैसा खर्च हुन सक्छ अथवा त्यो बिग्रिएर छिट्टै नै त्यसको सट्टामा नया सामान ल्याउनुपर्ने हुन सक्छ ।

हामीले सिक्नुपर्ने पाठः कुनै पनि वस्तु खरीद गर्नुभन्दा अगाडि त्यसको लागत र लाभबीच एक तुलनात्मक अध्ययन गरिनुपर्छ । त्यस्तै एकपटक वा दुईपटक मात्र प्रयोग हुने कुरा जस्तै– लुगा र महंगा खेलौनाहरू खरीद गर्नु हुदैन ।

७. आम्दानीको थोरै प्रतिशत मात्र दान गर्छन्
अति धनाढ्यहरूले आफ्नो आम्दानीको एकदमै थोरै प्रतिशतमात्र दानमा दिने गरेको पाइएको छ । यसको उल्टो उता मध्यम वर्गीयहरूले चाहिं ठूलो रकम दानमा दिन्छन् ।

हामीले सिक्नुपर्ने पाठः यसबाट के सिक्न सकिन्छ भने दान त दिनुपर्छ तर बचत र लगानीका माध्यमबाट आफ्नो भविष्य सुनिश्चित पारिसकेपछि मात्र । दान दिंदा पाइने कर छूटको समेत लाभ लिन सकिन्छ ।