बिजुलीको बिल चेक गर्ने बाहानामा ७ महिलाको हत्या गरी लाशसँग ‘सेक्स’

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एक ‘सिरियल किलर’ले बिजुलीको बिल चेक गर्ने बाहानामा घर भित्र छिरेर सात महिलाको हत्या गरेको छ । पश्चिम बंगाल प्रहरीले आइतबार एक्लै महिला भएको घरमा छिरेर हत्या गर्ने कमरुजमां सरकारलाई पक्राउ गरेको हो ।

उनले महिलाको हत्या गरी लाशसँग ‘सेक्स’ गर्ने गरेका थिए । त्यसपछि घरमा भएका बहुमूल्य सामान लिएर भाग्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

‘द इन्डियन एक्सप्रेस’ को समाचारमा उल्लेख भएअनुसार ४८ वर्षीय कमरुजमां सरकार पेशाले स्क्र्याप ट्रेडर (कवाडी व्यापारी)  हुन् । उनका ३ सन्तान छन् ।

उनी बिजुलीको मिटर चेक गर्ने बहानामा महिला घरमा एक्लै भएको समयमा जाने गर्थे । एक पीडित महिलाको अनुसार गत मार्च महिनाको दिउँसो उनी उक्त उक्त पीडित महिलाको घरमा छिरे । पति खेतमा काम गर्न गएका थिए ।

कमरुजमांले बिजुलीको बिल चेक गर्न आएको बताएपछि उक्त महिलाले उनलाई घरभित्र आउने अनुमति दिएकी थिइन् । घरभित्र पस्ने वित्तिकै उनले महिलामाथि आक्रमण गरे र स्टीलको तारले उनको घाँटी दबाउने कोसिस गरे । उनी बहोश भइन् । बेहोश भएपछि मरिसकेको ठानेर शारिरीक सम्बन्ध राख्ने कोसिस गरेपछि उनी चिच्याइन् । त्यसपछि आरोपी भागेका थिए ।

प्रहरीले गत जुन महिनादेखि नै पीडित महिलाको बयानको आधारमा बनाएको स्केचको आधारमा खोजी कार्य जारी राखेको थियो ।

उनी २०१३ देखि नै महिलाको हत्यामा संलग्न रहेको खुलेको छ ।