रोहिन्ज्या शरणार्थी शिविरमा खिचिएको तस्बिर सर्वोत्कृष्ट

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

बाङ्ग्लादेशमा खाली थाल लिएर पङ्क्तिबद्ध भएका रोहिन्ज्या शरणार्थी बालबालिकाको तस्बिरले खाद्यसामग्रीसम्बन्धी एउटा प्रमुख फोटोग्राफी पुरस्कार जितेको छ। केएम असदलाई सन् २०२० को ‘पिङ्क लेडी फूड फोटोग्राफर’का रूपमा सम्मानित गरिएको छ। उनले बाङ्ग्लादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा यो तस्बिर खिचेका थिए।

बालबालिकाहरू

उक्त शिविरमा १० लाखभन्दा बढी मानिसहरू छन्। कोरोनाभाइरस महामारीका कारण उनीहरूलाई हाल लकडाउनमा राखिएको छ।

“यो तस्बिरले वास्तवमै हाम्रो समयबारे बताउँछ,” उक्त पुरस्कार संस्थापक क्यारलाइन केन्योनले भनिन्, “विश्व कोभिड-१९ बाट प्रभावित छ र हामी सबैको सामान्य जीवन अवरुद्ध छ।”

“यी रोहिन्ज्या शरणार्थी बालबालिकाले हाम्रो जीवनको नाजुक अवस्थाको स्मरण गराउँछन्। बाँच्नका लागि खानेकुराको आवश्यकताले विश्वभरि हामीलाई जोड्छ। हामी सबै समान छौँ।”

प्रतियोगितामा ७० देशबाट ९,००० तस्बिर सहभागी थिए। निर्णायकमण्डलले अनलाइनमार्फत् विजेता घोषणा गरेको हो।

उक्त कार्यक्रम अनलाइनबाट प्रत्यक्ष प्रसारण गरेर गरिएको थियो। यहाँ उत्कृष्ट ठहरिएका केही तस्बिर प्रस्तुत गरिएको छ।

ब्रिङ होमद हार्भेस्टद मोर्निङ क्याचजे यार लिन, म्यान्मार

माछा मार्नेहरू
म्यान्मारमा यू बीन ब्रिजमा माछा मार्न जाल हाल्दै तीन माझीहरू

फूड ब्लगर्स: ब्लो अफ स्क्व, एमी ट्विगर, यूके

महिला

फूड फोर द फ्यामिलीओलेक टिङ प्यानकेक्सएना लोडाशिकपोलन्ड

बालक
भोक मीठो कि भोजन?

फूड इन द फील्डह्वेन द हाभ इज फिल्ड, शियाडोङ सनचीन

माहुरी
मह काँढ्न घारबाट चाका निकालिँदै

फूड स्टालिस्टह्यालिबट एन्ड र्‍याडिश, निकोलहेर्फ्टयूके

मूला
कलात्मक भोजन

इन्टर्कन्टिनेन्टल फूड एट द टेबललूकिङ टू गूड टु स्यान्डी वूडयूके

खाना
सम्झनाका लागि

योङ एज्ड १५१७बिलीभर्स शेअरिङ अ मील, साङ्जुन लीभारत

श्राद्ध
पितृको सम्झनामा

मार्क एन्ड स्पेन्सर फूड पोट्रिचर: बेक्ड फिग्ज, लिआम डेब्वा, यूके

फिग
मह, ओखर र अन्जिरको परिकार

योङ एज्ड अन्डर १०पल्स, स्कार्लेट ब्लान्च, यूके

स्याउ
स्याउ विक्रीमा छ

श्याम्पेन टेइटिङ्गर वेडिङ फूड फोटोग्राफर: जुस्ट डिजर्ट्स, टमस एलेक्जेन्डर, यूके

विवाह
विवाहमा मिठाई

अन द फोनहिल्सा, आजिम खान रोनी, बाङ्ग्लादेश

माछा
हिल्सा माछाको थुप्रो

वन भिजन इमेजिङ क्रीम अफ द क्रपभिनाईग्रेट, काई स्टाइपेलजर्मनी

पेय
रङ्गीन पेय पदार्थ

पिङ्क लेडी एपल अ डेक्यारमल लेडीडायना कोआशिल्क, पोलन्ड

स्याउ
रस चुहाउँदै काटिएको स्याउ

वीवीसीबाट