सरकारी जागिरका लागि दिनरात पढेको पढ्यै भएपछि पत्नीले घर छाडेर माइत हिँडीन्

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : औपचारिक शिक्षामा विद्यावारीधि (पीएचडी) गरिसकेका पतिले सरकारी जागिरका लागि दिनरात पढेको पढ्यै भएपछि भारतको मध्य प्रदेशमा पतिपत्नीबीच सम्बन्धविच्छेदको अवस्था आएको छ ।

हालसालै विवाह भएको भएपनि पतिले पढाइमै व्यस्त भएर ध्यान नदिएको भन्दै पत्नी घर छाडेर माइत हिँडेकी छन् ।

पतिले सरकारी जागिरका लागि यूपीएससी र प्रदेशस्तरीय विभिन्न परीक्षाको तयारी गर्ने गरेका थिए । पतिले आफूलाई ध्यान नदिएको र बेवास्ता गरेको भन्दै पत्नीले पतिलाई छाडेर गएकी छन् ।

स्थानीय जिल्ला कानूनी सेवा केन्द्रकी परामर्शदाता नूरनिसा खानका अनुसार युवक परिवारका एक्ला छोरा हुन् । घरमा अभिभावक बिरामी भएपछि स्याहारसुसारका लागि युवकले विवाह गरेका थिए । तर विवाहपछि पढाइको चक्करमा परेर पत्नीलाई बेवास्ता गरेको आरोप छ ।

पत्नीले घर छाडेर गएपछि युवकले सम्बन्धविच्छेद (तलाक) को मुद्दा दर्ता गराएको समाचार भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशित छ । युवकका अनुसार पत्नी घर छाडेर गएपछि सम्पर्कमा समेत आएकी छैनन् । आफन्त नातेदारले धेरै प्रयास गर्दा समेत समाधान ननिस्केपछि तलाकको मुद्दा दर्ता गरिएको युवकले जनाएका छन् ।

परामर्शदाता खानका अनुसार तलाकको सुनुवाइका क्रममा सकभर उनीहरूको विवाहलाई बचाउने कोसिस गरिने छ ।