सीपी मैनाली सवार कार दुर्घटनाबारे सीआइबीद्वारा छानबिन गर्न माग

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : नेकपा (माले)ले महासचिव सीपी मैनाली सवार कार दुर्घटनासम्बन्धी केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)द्वारा छानबिन र अनुसन्धान गर्न माग गरेको छ ।

मंगलबार मालेको प्रतिनिधिमण्डलले उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापालाई सिंहदरवारमा छुट्टाछुट्टै भेटेर उक्त दुर्घटना अस्वभाविक र नियोजित भएको भन्दै सीआईबीद्वारा छानबीन गराई सत्यतथ्य जनता समक्ष ल्याउन माग गरेको हो ।

मैनाली सवार कार गत फागुन १५ गते झापाबाट राजधानी फर्कने क्रममा महोत्तरी जिल्लाको बर्दिवासस्थित रातु नदी नजीक दुर्घटनामा परेको थियो । दुर्घटनामा मैनालीसहित उनका छोरा सरोज, बुहारी पूजा, नाति ऐन र चालक रामप्रसाद पौडेल घाइते भएका थिए ।

साथै पार्टीले दुर्घटनामा गम्भीर घाइते भएका महासचिव, परिवारका अन्य सदस्यहरु र कार चालकको उपचारको निम्ति काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएर सहयोग पु-याएकोमा सरकारप्रति आभारसहित हार्दिक धन्यवाद पनि ब्यक्त गरेको छ ।