दीर्घकालीन पूर्वाधारमा जोड दिऔँ : मुख्यमन्त्री पोखरेल

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

घोराही : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नगर वा प्रदेशको विकास गर्दा अब दीर्घकालीन सोच राखेर पूर्वाधार खडा गरिनुपर्ने बताएका छन । उनले सडक, पुलपुलेसा, शैक्षिक, धार्मिक र शहरी क्षेत्रको विकासका लागि दीर्घकालीन योजना लिएर मात्रै गर्नुपर्ने बताए ।

घोराही उपमहानगरपालिकाले आज घोराहीमा आयोजना गरेको नगरको एकीकृत शहरी विकास योजनाको कार्याशाला गोष्ठीमा मुख्यमन्त्री पोखरेलले पछिल्ला पुस्तामा र बढ्ने जनसङ्ख्यालाई आधार मानेर सबै क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । ‘योजना तर्जुमा दीर्घकालीन हुनुपर्छ ।’

उनले भने, ‘भविष्यलाई ख्याल गरेर सडक सञ्जाल, व्यवस्थित बस्ती विकास हुनुपर्छ ।’ मुख्यमन्त्री पोखरेलले अबको विकास जनताको जीवनस्तर सुधार हुने किसिमले हुनुपर्ने पनि बताए । अधिकांश जनता जोडिएको कृषिलाई अब देशको अर्थतन्त्रसँग जोडेर विकास गरिनुपर्ने उनको भनाइ थियो । रासस